You are viewing the translated version of म्याद तामेली र अभिलेख.

Section 29
म्याद तामेली र अभिलेख
(१) म्याद तामेल भई आएपछि रजिस्ट्रारले रीतपूर्वक भए नभएको जाँची बेरीतको देखिएमा बदर गरी पुन: तामेल गर्न लगाई रीतपूर्वकको तामेली प्रति मिसिल सामेल गर्नु पर्नेछ।
(२) ऐनको दफा १० को उपदफा (९) बमोजिम सूचना प्रकाशन गरिएकोमा त्यस्तो सूचना अदालतको वेबसाइटमा समेत राख्नु पर्नेछ।
(३) अदालतको कर्मचारीले म्याद तामेल गर्दा म्याद तामेली सम्बन्धी कार्यको अभिलेख अनुसूची-११ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।
(४) अदालतले जिल्ला अदालत वा सरकारी कार्यालयमा म्याद तामेल गर्न पठाउँदा अनुसूची-१२ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ।